१ कार्तिक २०८३, आइतबार

निगमलाई १५ दिनमा १५ करोड नाफा ! पेट्रोलको मूल्य एक रुपियाँ घट्यो

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपियाँ घटाएको छ ।

स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य रु १०४ बाट घटेर रु १०३ कायम भएको छ । यो काठमाडौं उपत्यकामा आधारित मूल्य हो ।

अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब निगमले पाक्षिकरुपमा रु १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ ।