१ कार्तिक २०८३, आइतबार

ब्याडमिन्टन संघ बाजराद्धारा पुनमलाई सम्मान

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, फागुन २० । अन्तर्राष्ट्रिय पदक विजेता पुनम रावललाई ब्याडमिन्टन संघ बाजराले सम्मान गरेको छ । खेल क्षेत्रबाट राष्ट्रको पहिचान बढाउन खेलेको भूमिका खेलेको भन्दै रावललाई नगद पुरस्कारबाट सम्मान गरिएको हो ।

संघले नगद १९ हजार५०० नगदसहित प्रमाण पत्र मार्फत सम्मान गरेको जिल्ला अध्यक्ष मानबहादुर थापाले बताएका छन् । जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा आयोजित औपचारिक कार्यक्रमका बीच रावललाई सम्मान गरिएको हो । पुनमले भारतको नयाँ दिल्लीमा भएको प्रथम ईन्डियन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा पहिलो अन्तर्राष्ट्रिय पदक हात पारेकी थिईन । नेपाली सेनामा कार्यरत रावल विदामा घर आएको अवसरमा विभिन्न निकायले सम्मान गर्ने गरेका छन् ।

जिल्लाको मात्र नभई सिंगो देशलाई दक्षिय एसियाभरी चिनाउन सफल रावलको आगामी यात्रा सफल रहोस भन्ने कामनासहित देशको सम्पतिलाई उर्जा र उत्सासका साथै हैसला प्रदान गर्न पर्नेमा अध्यक्ष थापाले जोड दिएका छन् । १० वर्ष पछि अन्तर्राष्ट्रिय पदक विजेता रावललाई उर्जा र उत्साह थप्नकै लागि संघले सम्मान गरेको सदस्य नरेन्द्र थापाले बताएका छन् । नगद रकम व्याडमिन्टन खेलाडीले व्यक्तिगत रुपमा संकलन गरेर सहयोग गरेका हुन् ।

कास्य पदक विजेता रावललाई शनिबार मात्र बडिमालिका नगरपालिकाले १० हजार नगदसहित सम्मान गरेको थियो । सम्मान ग्रहण गर्दै रावलले बाजुराबाट सुरु गरेको खेल यात्राले अन्तर्राष्ट्रिय पदक जित्न पाउँदा खुसी लागेको बताएकी छन् । दक्षिय एसिया स्तरीय खेलबाट सिकेको अनुभवलाई एसिया स्तरीय अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्य रहेको रावलको भनाई छ । पुनम बाजुराको बडिमालिका नगरपालिका ८ की स्थायी बासीन्दा हुन् ।

खेलमा महिला लाइट वेल्टरवेट ६४ केजी तौलसमूह समूह अन्तरगत पुनम रावल सेमिफाइनल खेलमा भारतीय खेलाडी प्विलओ बशुमत्राईसँग पराजित हुँदै कास्य पदक जितेकी हुन् । यसैबीच नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराले पनि रावललाई नवौ जिल्ला अधिवेशनको अवसर पारी सम्मान गरेको छ ।