
काठमाडौं, २० फागुन । पद्मा ग्रुपद्धारा संचालित बिजनेश प्लस टेलिभिजन र सिईओ क्लव नेपालको आयोजनामा ‘नेपाल सिईओ समिट तथा अवार्ड २०१८’ को आयोजना हुने भएको छ ।
रिपोर्टर्स क्लब नेपालमा विजनेश प्लस टेलिभिजन र सिईओ क्लव नेपालले पत्रकार सम्मेलन गरेर मुलुकको आर्थिक विकासको खाका तयार पार्ने उद्देश्यले उक्त समिट तथा अर्वाडको आयोजना गरिएको जानकारी दिएको छ ।
पद्मा मिडिया ग्रुपका अध्यक्ष गोपाल बस्नेतले मुलुकको आर्थिक विकासको जग हाल्नको लागि नै विजनेश प्लस टेलिभिजनको जन्म भएको बताएका छन् ।
उनले भने,‘बिजेशन प्लस टेलिभिजनले आर्थिक विकासको अभियान शुरु गरेको छ, यसलाई अघि बढाउनको लागि सबैको सहयोग आवश्यक छ, मुलुकको आर्थिक विकास कसरी होला ? कसरी गर्न सकिन्छ भन्ने बारेमा निरन्तर लागि रहेको छ, त्यसै अनुसार यो कार्यक्रम आगामी पाँच वर्षमा सरकारले मुलुकको आर्थिक विकास कसरी गर्ने तयारी गरिरहेको छ र विश्वका विकसित मुलुकका सिईओहरुको अनुभूति कस्तो रहेको छ त्यो अनुभव साट्ने र त्यही अनुसार मुलुकको आर्थिक समृद्धिको अभियान अघि बढाउने हाम्रो परिकल्पना रहेको छ।’
त्यस्तै उक्त अवार्डका संयोजक डम्बर साहुले फागुन ३० गते हुने अवार्डमा सहभागिता जनाउनको लागि फागुन २९ गतेसम्म निवेदन दिन सकिने बताएका छन् ।
उक्र अवार्ड कार्यक्रममा नेपालको आर्थिक पाटो र रोजगारीको पाटोमा महत्वपूर्ण भूमिका खेलेका केही प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गर्ने आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रममा विनोद चौधरी, अजय सुमार्गी, डा. वीरेन्द्र महतो, शेष घले लगायत व्यक्तिलाई सम्मान गरिने संयोजक साहुले बताए ।















प्रतिक्रिया