झापा, २६ मंसिर । म १० वर्षकी हँदा मेरो बुबाआमाले मलाई ठूलो बुबाको घरमा पढ्न छोड्नु भएको थियो ।
उहाँको घरमा बस्दा आफ्नै जस्तो ठानेर काम पनि गर्थे र पढाइ पनि । एक दिन ठूलोबाबाले मेरो लुगा खोलेर संवेदनशील स्थानमा हात लगाउनुभयो यो क्रम बढ्दै गयो कसैलाई भने मारदिन्छु भन्नुभयो ।
विसं २०७१ वैशाखदेखि ठूलोबाबाको छोरा दाइले पनि त्यस्तै गर्थे, भाउजुलाई भन्दिन्छु भन्दा छुरी देखाई डराउथँे । कहिलेकाहीँ दाइ र बुबाको अत्याचार पालैपालो सहँदा म बेहोस हुन्थे ।
जिल्ला प्रहरी कार्यालय झापामा एक १४ वर्षीय बालिकाले दिएको निवेदन ब्यहोरा हो यो । झापा भद्रपुर– १० का भेषराज पोखरेल र उनका छोरा खेम पोखरेलले विगत तीन वर्षदेखि आफ्नै घरमा बस्ने १३ वर्षीया बालिकाको यौन शोषन गरी बलात्कार गर्ने गरेको घटना बाहिर आएको छ ।
कक्षा– ६ मा अध्ययनरत ती बालिका विद्यालयमा बेहोस भएपछि साथीलाई सबै कुरा बताएकी थिइन्, विद्यार्थीले शिक्षिकालाई बताए ।
विद्यालय प्रशासनले साना हात नामक संस्थामार्फत मुद्दा दर्ता गराएको छ । घटनामा संलग्न भेषराज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । छोरा खेम पोखरेल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया