काठमाडौं । मिस तामाङ २०१८ को ग्रान्ड फिनालेमा २७ प्रतिस्पर्धीलाई पछि पार्दै पर्सा ठोरी गाउँपालिका ४ की सिमरन स्याङ्बोले मिस तामाङको ताज पहिरिन सफल भएकी छिन् ।
काठमाडौंमा शनिबार राति आयोजित कार्यक्रममा तामाङ विजेता घोषणा भएकी हुन् । बिजेता घोषणा लगत्तै उनलाई मिस तामाङ २०१७ पिंकी घिसिङले ताज पहिरिदिइन् । मिस नेपाल सिमरनले एक लाख नगद पुरस्कार पाउने भएकी छिन् ।
एघारौं संस्करणको मिस तामाङ नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगतामा २८ सहभागी थिए ।
प्रतियोगिताकी फस्ट रनरअप नुवाकोटकी रञ्जिता लामा भइन् । सेकेण्ड काठमाडौंकी कुञ्छान लामा भइन् ।
कार्यक्रमको निर्णायकमण्डल सिभिल होमका अध्यक्ष इच्छाराम तामाङ, २०१२ मिस तामाङ सुमी मोक्तान, नायिका ओसिमा बानु, समाजसेवी प्रविण मोक्तान र भुपाल तामाङ थिए ।
कार्यक्रममा विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ र २०७० मा निर्वाचित १६ पूर्व तामाङ सभासद र वर्तमान सांसदलगायतलार्इ सम्मान गरियो ।
तामाङ जातिको कला, संस्कृति, भेषभुषा, रीति र धर्मलाई संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००७ बाट मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।















प्रतिक्रिया