रामसुन्दर आचार्य
काभ्रे, २७ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले सहमतिकै आधारमा माघ ८ नयाँ संविधान जारी हुने बताउनु भएको छ ।
शुक्रबार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहमा कुलपतिको हैसियतले सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
‘सबैको अधिकार सुनिश्चित हुने संविधान माघ ८ मै संविधान जारी हुन्छ,’ प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘यसमा कुनै शंका नगरे हुन्छ ।’
कोइरालाले सञ्चार माध्ययममा आए जस्तो राजनीतिक दलहरुमा असमजदारी नभएको पनि प्रष्ट पार्नुभयो ।
उहाँले कार्यक्रममा देशको विकास र संरक्षण गर्ने जिम्मा युवा विद्यार्थीको काँद्यमा आएको भन्दै दीक्षितहरुलाई देशका विकासका लागि केही परिवर्तनीय काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममाकाठमाडौँ विश्वविद्यालयमा अध्ययन गरेका स्कुल अफ म्यानेजम्यान्ट, साइन्स, इन्जिनरीङ, आर्टस, एजुकेशन र मेडिकल साइन्सका १२ सय ८६ विद्यार्थी दीक्षित भए ।















प्रतिक्रिया