३ कार्तिक २०८३, मंगलबार

नवराज सिलवाल र कोमल ओली यस्तो रुपमा देखिए, हेर्नुस् तस्वीरहरु

23.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागुन । नेकपा एमाले र माओवादी केन्द्रले संघीय सांसदहरुलाई संयुक्त रुपमा प्रशिक्षण दिएका छन् ।

बानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रिय सभा र संघीय संसदका सदस्यलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा निर्देशन दिएका हुन् ।

संसद बैठकको पूर्वसन्ध्यामा भएको प्रशिक्षण कार्यक्रममा प्रहरीले खोजि गरिरहेका नेपाल प्रहरीका पूर्वडीआइजी तथा ललितपुरका सांसद नवराज सिलवाल पनि झुल्किए । संचारकर्मीका लागि उनी निकै आकर्षणको केन्द्र बनेका थिए ।

मिडियाले पिछा गरेपछि सिलवाल हात उठाएर अभिवादन गर्दै संसद भवन छिरेका थिए । संसद भवनभित्र रहँदा पनि उनलाई फोटो पत्रकारहरुले क्यामरामा कैद गरिरहेका थिए ।

यसैगरी, चर्चित गायिका कोमल ओली पनि त्यतिकै आकर्षणमा परिन् । राष्ट्रिय झण्डासँग मेल खाने रंगको साडी पहिरिएर संसद भवन पुगेकी ओली पनि मिडियाको आँखामा परेकी थिइन् ।

एमाले अध्यक्ष केपी ओलीले देश बनाउने जिम्मेवारी बाम गठबन्धनलाई दिएको भन्दै सांसदहरुलाई विकासको काममा सम्पूर्ण रुपमा लाग्न निर्देशन दिएको कोमल ओलीले बताइन् । ‘प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सांसदहरुलाई सरुवा बढुवाको फाइल नभइ, विकासको फाइल बोक्न सांसदहरुलाई निर्देशन दिनुभयो’, उनले भनिन् ।

त्यस्तै, माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताको पक्षमा सकारात्मक रहन निर्देशन दिएको ओली जानकारी दिइन् । प्रशिक्षणमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले प्रशिक्षणमा सांसदले पालना गर्नुपर्ने अनुशासनको बारेमा बताएको ओलीले बताइन् । यो प्रशिक्षण आफ्नो लागि नौलो तथा महत्वपूर्ण रहेको ओलीको भनाइ थियो ।