काठमाडौँ, १९ फागुन । नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)का संघीय सांसदहरुको प्रशिक्षण बानेश्वरस्थित संसद् भवनमा शुरु भएको छ । सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा दुई दलका संघीय सांसदलाई प्रशिक्षण दिन लागिएको हो ।
पार्टी एकतामा मद्यत पुग्ने गरी तथा संसदमा उपस्थितिलाई दमदार बनाउन सांसदहरुलाई संयुक्त प्रशिक्षण दिन लागेका बताइएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बानेश्वरस्थित संसद् भवन पुगिसकेका छन् । साथै पूर्व सभामुख सुवासचन्द नेम्वाङले घर्ती पनि कार्यक्रममा सहभागी छन् ।
समयसामयिक राजनीतिक विषय र एकीकरण प्रक्रियालगायत विषयमा समेत दुई पार्टीका अध्यक्षले जानकारी दिने बताइएको छ । संघीय सांसदको शपथ कार्यक्रम आइतबार तय गरिएको छ ।















प्रतिक्रिया