२ कार्तिक २०८३, सोमबार

एमाले–माओवादीको संयुक्त बैठक बस्दै, ओली–दाहालले सम्बोधन गर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ फागुन । एमाले र माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठक आज बस्दैछ । पार्टी एकता प्रक्रियामा रहेका दुई दलले संसदीय गतिविधीमा एकरुपता ल्याउन संयुक्त छलफल गर्न लागेका हुन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा विहान ११ बजेपछि बस्ने बैठकलाई प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी ओली र माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहालले निर्देशन सहित प्रशिक्षण दिने नेता सुभास नेम्वाङले जानकारी दिए ।

संसदीय अभ्यासमा दुवै दलमा धेरै सांसद नयाँ भएकाले पनि प्रशिक्षण दिन लागिएको नेम्वाङले बताए । संघीय संसदको पहिलो बैठक आगामी २१ गते बस्दैछ ।

दुई पार्टी बीचको एकता प्रक्रियाले मुर्तरुप पाउनुअघि संसदमा साझा धारणा तय गर्न संयुक्त बैठक बस्न लागेको नेताहरूले बताएका छन् ।