३ कार्तिक २०८३, मंगलबार

केही बर्षभित्र नेपाललाई विकसित देशको सूचीमा पुर्‍याउँछु : प्रम ओली

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः प्रधानमन्त्रीको निजी सचिवालय ।

काठमाडौँ, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभुत गर्नेगरी नै समृद्धिका काम गर्ने बताउनुभएको छ । आज शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

ओलीले भने, ‘हामीले समृद्धि प्राप्त गर्‍यौँ भनेर मात्र हुँदैन । जनताको जीवन स्तरबाट यस कुराको पुष्टि हुनुपर्छ ।’ प्रधानमन्त्री ओलीले कोही पनि नेपाली भोकै मर्न पर्ने अवस्थाको अब अन्त्य हुने भन्दै केही बर्षभित्र नेपाल अल्पविकशित देशको सुचीबाट विकसित देशमा पुग्ने दाबी गर्नुभयो ।

उनले सरकार जनताप्रति उत्तरदायी हुने बताउनुभएको छ । सरकारको सम्पुर्ण प्रयास नेपाल देशको विकास र समृद्धिका लागि हुने बताउनुभयो । ‘सरकारका हरेक कदम सुधारका लागि, विकासका लागि र जनताका हितका लागि हुनेछन्’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने बताउनुभएको छ । हरेक तहका व्यक्तिले आफुभन्दा तल्लो तहका व्यक्तिको नजरमा गीर्ने काम नगरेमा भ्रष्टाचार स्वत अन्त्य हुने प्रधानमन्त्री ओलीको दाबी छ । प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा दिन आग्रह गर्नुभएको छ ।