१४ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री कार्यालयमा छुट्टै मन्त्री रहने

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्ने तयारी गरेको छ ।

संघीय शासनमा सफलता हासिल गरेका अन्य देशहरूको सिको गर्दै प्रधानमन्त्रीलाई सघाउन छुट्टै मन्त्री राख्न गृहकार्य थालिएको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्रीलाई केही अधिकार थप गर्दै शक्तिशाली बनाएसँगै महत्वपूर्ण जिम्मेवारीसहित वरिष्ठ मन्त्री राख्ने तयारी सुरु भएको हो ।

हालैमात्र स्वीकृत कार्यविभाजन नियमावलीमा प्रधानमन्त्रीका केही महत्वपर्ण अधिकारहरू थप गरिएको छ ।