काठमाडौँ । बिहीबारको होली पर्व काठमाडौँमा हर्षोल्लसका साथ मनाइएको छ । काठमाडौँका सडकहरु विभिन्न रंगहरुले रंगीचंगी भएका छन् । बिहीबार होलीमा रमाउँदै हिँडेका युवा युवतीहरुको भीडले अधिकांश सडक भरिएको थियो ।
यस्तो रमाइलो पर्वमा कलाकारहरु पनि के कम, उनीहरुले पनि होली पर्व रमाइलो गरेर मनाएका छन् । नायिक करिश्मा मानन्धरले त होलीको अवसरमा आफ्नै घरमा डान्स पार्टीको नै आयोजना गरिन् । ललितपुरको गोदावरीस्थित नायिका करिश्माको घरमा थुप्रै कलाकारहरुले होली खेलेर रमाइलो गरे । जसमा दिपक राज गिरी, दीपाश्री निरौलालगायतका अन्य थुप्रै कलाकारहरु सहभागी थिए ।
त्यस्तै, नायिका भुवन केसी, निता ढुंगाना, शिल्पा पोखरेललगायतका कलाकारहरु पनि काठमाडौँका विभिन्न स्थानहरुमा रमाइलो गर्दै होली खेलेको देखियो । त्यस्तै नायिक श्वेता खड्काले पनि तीन वर्षपछि बिहीबार होली खेलेकी छिन् ।
तस्वीर सबै रासस ।



















प्रतिक्रिया