काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका श्वेता खड्काले पनि यस वर्ष होली पर्व मनाएकी छिन् । तीन वर्षपछि मात्रै खड्काको अनुहारमा होलीको रंग देखिएको हो ।
होली उनको मनपर्ने चाड भएपनि उनको जीवनमा घटेको दुखदायी घटनापछि होली खेल्न उनको मनले दिएन । तीन वर्षसम्म होलीको रंगबाट टाढा बसेकी श्वेता यसवर्ष भने परिवारको करकापमा खेल्न बाध्य भइन् ।
उनले यो वर्षको होली घरका परिवारजनसँग खेलेकी छिन् । उनले होली खेल्दैगर्दा फेसबुकमा लाइभ अपडेट गरेकी थिइन् ।
तस्वीरहरुः श्वेता खड्काको फेसबुकबाट ।
















प्रतिक्रिया