१ कार्तिक २०८३, आइतबार

शीतलहरका कारण बिरामी बढे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cold

विराटनगर, २६ मंसिर । विगत केही दिनदेखि चलेको शीतलहरका कारण पूर्वी तराईका जिल्लामा चिसो एक्कासी बढ्नाले बिरामीको ख्यामा वृद्धि भएको छ ।

चिसो बढेपछि यसबाट वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् । चिसो बढेसँगै विराटनगरस्थित कोसी अञ्चल अस्पतलामा बिरामीको चापमा समेत वृद्धि भएको छ ।

चिसोका कारण रुघाखोकी, नेमोनिया, कोल्ड डायरिया तथा श्वासप्रश्वासका बिरामीको सङ्ख्यामा वृद्धि भई अस्पतालमा बिरामीको चाप बढेको चिकित्सक बताउँछन् ।

अञ्चल अस्पतालमा अहिले दैनिक ३०० भन्दा बढी सो रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा चिसोका कारण बिरामीको चाप वृद्धिसँगै इमरजेन्सी (आपत्कालीन) सेवामा शय्याको अभाव भएको छ ।

पूर्वाञ्चलका १६ जिल्ला तथा भारतीय सीमावर्ती क्षेत्रका बिरामीसमेत अस्पतालमा उपचार गराउन आउने गरेका छन् । रासस