२ कार्तिक २०८३, सोमबार

वाम गठबन्धन र फोरमबीच बालुवाटारमा बैठक शुरु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ फागुन । वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको छ ।

बैठबाट सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउने विश्वास लिइएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुबीच बुधबार सहमति जुट्न नसकेपछि बैठक बिहीबार बिहानका लागि बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, रक्षा मन्त्री ईश्वर पोखरेल, फोरमका अध्यक्ष यादवलगायतको सहभागिता रहेको छ ।

वाम गठबन्धन र फोरमबीचको वार्ता निष्कर्षमा नपुग्दा सरकार विस्तारमा विलम्ब भइरहेको छ। बैठकबाट सहमति जुटे सरकार विस्तारको बाटो खुल्नेछ ।