२ कार्तिक २०८३, सोमबार

बाम गठबन्धन र फोरमबीचको बैठक बालुवाटारमा बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ फागुन । वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच सरकार विस्तार र संविधान संशोधनका विषयमा छलफल गर्न बिहीबार वार्ता हुँदैछ । वार्तामा अहिले केहीबेरमा शुरु हुने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए ।

बैठक ९ वजे शुरु हुने भनिए पनि केही ढिलो गरेको शुरु हुन लागेको हो । बुधबार गठबन्धन र फोरमबीच लिखित सहमतिको तयारी भए पनि छलफल निश्कर्षमा पुग्न सकेन । बुधबार समय अभावका कारण निष्कर्शमा नपुगेको वार्ता बिहीबार शुरु हुन लागेको हो । वार्ता सकारात्मक भएको र त्यसलाई निश्कर्षमा पुर्‍याउन थप छलफल हुन लागेको बताइएको छ ।

बुधबारको वार्तामा फोरमका नेताले प्रदेश सीमांकन हेरफेरसम्बन्धी संविधानको धारा संशोधनमार्फत खारेज गर्नुपर्ने अडान राखेपछि विना निष्कर्श बैठक टुंगिएको थियो । सरकारमा सहभागी हुन सहमत भएको फोरमले संविधान संसोधनमा लिखित सम्झौताका माग गरेको छ । तर, एमालेले आवश्यक र औचित्यका आधारमा संशोधन गर्न सकिने बताउँदै आएको छ ।