काठमाडौँ, १७ फागुन । नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत चिकित्सकीय अभ्यास गरिरहेका ‘नक्कली’ चिकित्सकको खोजीकार्य तीव्र बनाउने भएको छ
‘नेपालमा खडेबाबाले गर्दा चिकित्सकको शिर निहुरिएको छ,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने, ‘यसलाई निर्मूल पार्न अप्रेसन सुरु भएको छ । अब यो कार्य निरन्तर चल्नेछ ।’ उनले चिकित्सकीय अभ्याससम्बन्धी ज्ञान नभएका डाक्डरका कारण आमजनताको स्वास्थ्योपचारसम्बन्धी सोचाइमा परिवर्तन आएको बताए । नयाँ पत्रिकाले समाचार छापेको छ ।
फ्रेन्ड्स अफ नेपाल मेडिकल काउन्सिल गठन
काउन्सिलमा नागरिकको पहुँच बढाउन र समस्या समाधान गर्न ‘फ्रेन्ड्स अफ नेपाल मेडिकल काउन्सिल’ गठन गरिएको छ । काउन्सिलको सल्लाहकारका रूपमा रहने उक्त समितिमा न्याय क्षेत्रका लोकेन्द्र मल्लिक, प्रशासन क्षेत्रका शान्तबहादुर श्रेष्ठ, कलाकारका तर्फबाट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्वसांसद रञ्जु झा, पत्रकारिता क्षेत्रबाट युवराज घिमिरे र सुरक्षा क्षेत्रबाट कुवेरसिंह राना छन् । काउन्सिल अध्यक्ष डा. धर्मकान्त बास्कोटाका अनुसार समितिले जनताका गुनासाको समाधान गर्न के गर्ने भन्ने विषयमा सुझाब दिनेछ ।












प्रतिक्रिया