
पथरी, २६ मंसिर । स्वास्थ्य मन्त्रालयले निःशुल्क औषधि खरिदका लागि बजेट निकासा नगर्दा कोसी अञ्चल अस्पताल विराटनगरले आठ महिनादेखि सर्वसाधारणका लागि वितरण गरिने निःशुल्क औषधि उपलब्ध गराउन सकेको छैन ।
मन्त्रालयले निःशुल्क औषधिका लागि एक करोड ५८ लाख निकासा नगर्दा औषधि वितरण गर्न नसकिएको मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक रोशन पोखरेलले बताउनुभयो ।
अस्पतालको सामाजिक सेवा इकाईले प्रत्येक वर्ष विपन्न लक्षित वर्गलाई वितरण गर्ने गर्छ तर सकिएको आठ महिना बितिसक्दा पनि गत वर्षको औषधिको बक्यौता ठेक्केदार कम्पनीलाई रु ७८ लाख तिर्न नसक्दा औषधि आयात हुन नसकेको पोखरेलको भनाइ छ ।















प्रतिक्रिया