१ कार्तिक २०८३, आइतबार

अधिकांश डेन्टल क्लिनिक दर्ताबिना सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २६ मंसिर । भक्तपुर जिल्लाका अधिकांश डेन्टल क्लिनिक दर्ताबिना नै सञ्चालन रहेको पाइएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुगमनका क्रममा भक्तपुरमा १० वटा डेन्टल क्लिनिक मात्र दर्ता गरेको पाइएको छ । भक्तपुरका मुख्य–मुख्य चोकमा ३० देखि ३५ क्लिनिक दर्ताबिना नै सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

दर्जनौँ क्लिनिक अवैधानिक रहेको पाइए पनि कार्यालयले कारबाही अगाडि नबढाएपछि यस्ता क्लिनिकहरु थपिँदै गएको र दर्तावाला क्लिनिकले जनस्वास्थ्य कार्यालयमा मासिक प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान रहे पनि यो नियमलाई समेत डेन्टल क्लिनिकले बेवास्ता गरेको कार्यालयको भनाइ छ ।

यस्ता क्लिनिकले आम्दानीको पाँच प्रतिशत कर बुझाउनुपर्ने प्रावधान रहे पनि कारबाही हुन नसक्दा लाखौँ रुपैयाँको कर छली भइरहेको कार्यालयका कर्मचारीले बताएका छन् ।

भक्तपुर नगर र मध्यपुरथिमीका अधिकांश अवैधानिक क्लिनिकले सेवाग्राहीसँग चर्को शुल्क लिएको उपभोक्ताको गुनासो रहेको छ । मुख्य चोक दूधपाटी, सूर्यविनायक, ब्यासी, मध्यपुरथिमी, कौशलटार, गठ्ठाघर, लोकन्थलीलगायत नगरमा दर्ताबिना नै डेन्टल क्लिनिक सञ्चालन भइरहेको छ ।