इलाम, २६ मंसिर । इलामको दक्षिणी दुर्गम गाविस महमाईमा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ३५० जना लाभान्वित भएका छन् ।
किराँत राई यायोक्खाको आयोजना तथा मेडिका हस्पिटल विर्तामोड झापाको सहयोगमा सम्पन्न शिविरमा ५० बालबालिका, २०० महिला र १०० पुरुषको उपचारका साथै बिरामीलाई निःशुल्क औषधोपचारको व्यवस्थापन गरिएको यायोक्खाका जिल्ला अध्यक्ष गंगा खम्बुले जानकारी दिनुभयो ।
उपचार गराउन आर्थिक अभाव भएर घरमै बसेका तथा ग्रामीण क्षेत्रका महिलाका लागि लक्षित गरी आयोजना गरिएको शिविरमा चिकित्सकहरु श्यामनन्द गुप्ता, विजयकुमार लिङदेन र निरजकुमार श्रेष्ठले सेवा गर्नुभएको थियो ।















प्रतिक्रिया