४ कार्तिक २०८३, बुधबार

गायिका जलजलालाई ‘ए मेरो हजुर २’द्वारा आर्थिक सहयोग

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘ए मेरो हजुर २’ टिमले सुहाना इन्टरटेनमेन्टले उपचारत गायिका जलजला परियारलाई ७६ हजार नगद सहयोग गरेको छ ।

बिहीबार सिनेमाका मुख्य कलाकार सलिनमान बनियाँ र निर्माता सुनिलकुमार थापाले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर जलजलालाई रकम हस्तान्तरण गरे ।

७६ हजार मध्ये ५१ हजार ‘ए मेरो हजुर २’को वेल्जियमस्थित बुर्गे प्रदर्शनबाट संकलन भएको हो । रकम एभरेस्ट नेपाली समाजले उपलव्ध गराएको हो । त्यस्तै २५ हजार रकम अमेरिका निवासी मुकेश सुवेदीले ‘मुकेश सुवेदी फाउन्डेशन’द्वारा सहयोग गरेका हुन् ।

दुवैवटा मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएकी जलजला नेपाल आइडलबाट चर्चामा आएकी थिइन् ।

उनी बिरामी भएको र उपचारमा समस्या आएको खबर सार्वजनिक भएदेखी नै उनलाई विभिन्न व्यक्ति र संस्थाले उनको उपचारमा चासो देखाउँदै सहयोग उपलब्ध गराउँदै आइरहेका छन् ।

हाल दैनिक डायलसिस गराइरहेकी जलजलालाई प्रयाप्त रकम जुट्ने बित्तिकै भारत लगेर उपचार गर्ने प्रयासमा उनको परिवार रहेको छ ।