३ कार्तिक २०८३, मंगलबार

प्रेमिकालाई ‘वेश्या’ भनेर प्रचार गरेपछि…

31k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ फागुन । प्रेमिकालाई ‘वेश्या’ भन्दै फेसबुकमा लेख्ने एक युवक प्रहरी फन्दामा परेका छन् ।

प्रेम सम्बन्धमा दरार आएपछि आफ्नै प्रेमिकाको तस्वीर र फोन नम्बर राखेर जथाभावी लेख्ने २१ वर्षीय विक्रम मल्ल ठकुरीलाई अपराध अनुसन्धान महाशाखा टेकुले पक्राउ गरेको हो ।

पाल्पा घर भएका ठकुरी तीन बर्षदेखि काठमाडौँमा एक महिलासँगको सम्बन्धमा थिए । पतिसँग सम्बन्ध बिच्छेद गरेर बसेकी ३१ वर्षीय ती महिलासँग उनको ‘लिभिङ टुगेदर’ थियो ।

प्रहरीका अनुसार, विद्यार्थी समेत रहेका ठकुरीको खर्च पनि महिलाले नै व्यहोर्ने गरेकी थिइन् । तर, जब सम्बन्ध बिग्रियो, महिलाले उनलाई छाडिदिइन् । त्यसपछि उनले महिलाको नाममा नक्कली फेसबुक आइडी बनाएर जथाभावी लेखेका थिए ।

महिलाको फोन नम्बर र फोटो राखेर उनले ‘यो केटी वेश्या हो, …सम्बन्धका लागि सम्पर्क गर्नुस्’ भन्दै लेखेपछि महिला प्रहरीको शरणमा पुगेकी हुन् ।

प्रहरीले अनुसन्धान गर्दै जाँदा ती महिलासँगै प्रेमी बनेर बसेका ठकुरीको दोष भेटियो । प्रहरीले उनलाई पक्राउ गरी हिरासतममा राखेको छ । विद्युतीय कारोबार ऐन अन्तरगत मुद्दा अगाडि बढाइने प्रहरीले जनाएको छ ।