
काठमाडौं, १५ फागुन । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको दौडमा रहेको नेपालले अभ्यास खेलमा युएईलाई हराएको छ ।
जिम्बावेको क्वेक्वे स्पोर्टस् क्लबको खेल मैदानमा मंगलबार भएको पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराउँदै नेपाल विजयी भएको हो। युएईले दिएको १७२ रनको लक्ष्य नेपालले ४ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पुरा गरेको हो।
अभ्यास खेलमा नेपालका शरद भेष्वाकर म्यान अफ द म्याच घोषित भएका छन् ।
नेपालले फागुन २० गते जिम्बावेसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ। समूह ‘बी’ मा रहेको नेपालको समूहमा आयोजक जिम्बावेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ छन्।
विश्वकप छनोट प्रतियोगिताको शीर्ष दुई टोलीले सन् २०१९ मा इङ्ल्याण्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन्।















प्रतिक्रिया