काठमाडौँ । नेपाली चलचित्रकी चर्चित नायिका प्रियंका कार्कीको मंगलबार जन्मदिन परेको छ । नायिका कार्कीले मंगलबार ३१ औँ जन्मदिन मनाउँदैछिन् ।
उनी बुबा भुपेन्द्र र आमा रक्षाबाट २०४४ साल फागुन १५ गते काठमाडौँमा जन्मिएकी हुन् । चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी प्रियंकाले ३ दर्जनभन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनले विभिन्न अवार्डहरु पनि जितिसकेकी छिन् ।
पछिल्लो समय प्रियंका आफ्ना प्रेमी आयूष्मान देशराजसँगको सम्बन्धले चर्चामा छिन् । यसअघि उनले व्यवसायी रोचक मैनालीसँग विवाह गरेकी गरेकी थिइन् । तर उनको विवाह भने छोटो समयमा नै सम्बन्ध विच्छेदमा परिणत भएको थियो ।















प्रतिक्रिया