१ कार्तिक २०८३, आइतबार

यात्रुको ४१ हजार बढी रकम लुट्ने लामा प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hathkadiकाभ्रे, २५ मंसिर ।  वीपी राजमार्ग अन्तरर्गत काभ्रेको पात्लेखेत खण्डमा लुटपाट गर्ने पेमा लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ ।

गत बुधबार वीपी राजमार्गमा खोटाङबाट राजधानी आइरहेको ना.१ज.२४३१ नम्बरको टाटा सुमोलाई बा.३ ख १०६० नम्बरको मिनी ट्रक बाटोमा तेर्साई
नमोबुद्धको जंगलमा लगेर लुटपाट गर्ने काभ्रे शिसाखानीका २४ वर्षिय लामालाई प्रहरीले प्रक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाएको छ ।

अन्य फरार ५ अभियुक्तहरुको पनि खोजी कार्य भैरहेको  जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएपी जनकराज भट्टराइले जानकारी दिनुभयो ।

सुमोमा सवार ४ जना यात्रुको ४१ हजार ५ सय बराबरको रकम र ७ थान मोवाइल लुटेराहरुले लुटेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ  ।

पछिल्लो समय वीपी र अरनीको राजमार्गमा प्रहरीलाई चुनौती दिने गरी लुटपाट र अवैद्य बस्तुको ओसार पसार भैरहेको स्रोतको दावी छ ।