काठमाडौँ, २५ मंसिर । नेपाल सरकारले छिमेकी मुलुक चीनसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा) का लागि परराष्ट्रमन्त्रालय मार्फत् बिहीबार चीन सरकारलार्इ पत्राचार गरेको छ ।
उद्योगमन्त्रालयका सह–सचिव महेश्वर न्यौपानेका अनुसार चीन सरकारले २०६८ साल मंसिरमा विप्पाका लागि ड्राफ्ट पठाइएको थियो ।
चीन सरकारले पठाएको सो ड्राफ्ट नेपाल सरकारका सरोकारवाला मन्त्रालयबीच आन्तरिक छलफल पश्चात् बिहीबार नै उद्योगमन्त्री महेश बस्नेतको सदर हस्ताक्षर भएपछि परराष्ट्रमन्त्रालय मार्फत् चीन सरकारलाई पत्राचार गरिएको छ ।
यसअघि नेपालसँग वेलायत, फिनल्याण्ड, मोरिसस, भारत लगायत ६ वटा देशसँग द्विपक्षीय व्यापार सम्झौता (विप्पा) भएको छ ।
‘हालसालै भारतसँग गरिएको विप्पा मोडेलमा चीन सरकारले पठाएको ड्राफ्टलाई परिमार्जन गरि पठाएका छौँ, चीनबाट के कस्तो प्रतिक्रिया आउछ त्यस बमोजिम प्रक्रिया अघि बढ्छ,’ सह–सचिव न्यौपानेले भन्नुभयो ।













प्रतिक्रिया