
काठमाडौँ, १४ फागुन । सोमरबाट माओवादीबाट दुई नेताले मात्र मन्त्रीको सपथ लिने भएका छन् ।
यसअघि माओवादीको कोटामा परेका सातै जनाले सपथ लिने बताइएपनि आन्तरिक छलफल बाँकी रहेको भन्दै २ जनालाई मात्रै सपथ गराउन लागिएको माओवादी स्रोतले जनाएको छ ।
माओवादीबाट रामबहादुर थापा ‘बादल’ र मात्रिका यादव सोमबार सरकारमा सहभागी हुनेछन् । बादलले गृहमन्त्रालय सम्हाल्ने पक्का भएको छ भने यादवको मन्त्रालय टुङ्गो लागिसकेको छैन । बाँकीलाई अर्को पटकको मन्त्रिमण्डल विस्तारमा समेटेने बताइको छ ।
माओवादीबाट थापा र यादव बाहेक वर्षमान पुन, जनादर्न शर्मा, शक्ति बस्नेत , गिरीराजमणी पोखरेल, विना मगर मन्त्री हुने चर्चा छ । राष्ट्रपति कार्यलयले दिउँसो चार बजे सपथ कार्यक्रम राखेको छ ।















प्रतिक्रिया