२ कार्तिक २०८३, सोमबार

लक्ष्मी बैंकद्वारा प्रहरी चौकी निर्माणका लागि सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १४ फागुन । लक्ष्मी बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको अवसरमा भोक्राहामा प्रहरी चौकी निर्माणको लागि रु ५ लाखको सहयोग प्रदान गरेको छ ।

ेशाखा कार्यालयको उद्घाटन समारोहमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र कुमार शाहलाई रु ५ लाखको चेक प्रदान गरेका हुन् ।

उक्त समारोहमा भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालयका अधिकृत, वडाध्यक्ष, उद्योग बाणिज्य संघ भोक्राहाका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो ।

गाउँपालिका प्रमुख यादवले लक्ष्मी बैंकको सहयोग प्रतिविशेष धन्यवाद व्यक्त गर्दै आगामी ३ महिनाभित्र प्रहरी चौकी निर्माण सम्पन्न गरी सक्ने योजना रहेको बताए ।