१ कार्तिक २०८३, आइतबार

लक्ष्मी बैंकद्धारा प्रहरी चौकी निर्माणका लागि सहयोग

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । लक्ष्मी बैंकले सुनसरी जिल्लाको भोक्राहामा नयाँ शाखाको शुभारम्भ गरेको अवसरमा प्रहरी चौकी निर्माणको लागि ५ लाख रुपैयाँको सहयोग प्रदान गरेको छ ।

शाखा कार्यालयको समुद्घाटन समारोहमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेह खालिङ्गले भोक्राहा प्रहरी चौकी निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र कुमार शाहलाई ५ लाखको चेक प्रदान गरे । उक्त समारोहमा भोक्राहा गाउँपालिकाका अध्यक्ष महेन्द्र कुमार यादव, जिल्ला प्रहरी कार्यालयका अधिकृत, वडाध्यक्ष, उद्योग बाणिज्य संघ भोक्राहाका प्रतिनिधि तथा जनसमुदायको उपस्थिति रहेको थियो ।

गाउँपालिका प्रमुख यादवले लक्ष्मी बैंकको सहयोगप्रति विशेष धन्यवाद व्यक्त गर्दै आगामी ३ महिनाभित्र प्रहरी चौकी निर्माण सम्पन्न गरिसक्ने योजना रहेको बताए ।