३ कार्तिक २०८३, मंगलबार

सरकार विस्तारको निर्णय गर्न ओली-दाहाल छलफल

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । सरकार विस्तारको टुङ्गो लगाउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुँदैछ । आइतबार साँझ बालुवाटारमा हुने दुई शीर्ष नेताको भेटवार्ताले मन्त्रालय भागबण्डालाई अन्तिम रुप दिनुका साथै सरकार विस्तारको काम टुङ्ग्याउने गरि निर्णय गर्नेछ ।

एमाले–माओवादीभित्र मन्त्रीका आकांक्षी धेरै देखिएपछि ओली प्रधानमन्त्री भएको डेढ हप्तासम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन ।
ओली–दाहालले दुई पार्टीले पाउने मन्त्रालयको प्रारम्भिक टुङ्गो लगाएपनि अन्तिम सहमती जुटेको छैन । सरकारले प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय बनाउने निर्णय गरिसकेको छ । तीमध्ये एमालेले १० र माओवादीले ७ मन्त्रालय पाउने मोटामोटी समझदारी भएको ।

संघीय समाजवादी फोरम र सूर्य चिह्नमा चुनाव लडेका हृदयश त्रिपाठीलाई पनि सरकारमा सहभागी गराउनेगरि छलफल चलेकाले सरकार विस्तारमा ढिलाइ भएको नेताहरुले बताएका छन् । शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले फोरमलाई पनि सरकारमा ल्याउन पहल गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीको सचिवालयले सोमबारसम्म मन्त्रिमण्डल विस्तार हुने जनाएको छ ।

माओवादीभित्र गृहमन्त्रीको बन्ने भन्ने विषयमा समेत आन्तरिक किचलो देखिएको छ ।  माओवादीबाट गृहमन्त्रीका लागि रामबहादुर थापा र वर्षमान पुनले अडान नछाड्दा अध्यक्ष प्रचण्डले मन्त्रीको नाम प्रधानमन्त्री ओलीलाई दिन नसकेको बुझिएको छ । तर, आइतबार हुने दुई नेताको भेटमा सबै कुरा टुङ्निे स्रोतको दाबी छ । माओवादीबाट सरकारको नेतृत्व थापाले गर्नेमा सहमति भए पनि गृहमन्त्रीको विवाद छ ।माओवादीको बैठकले प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामहादुर थापा वादललाई मन्त्रीहरुको नाम टुंगो लगाउने अख्तियारी दिएको छ ।

यता, एमालेमा पनि मन्त्रीहरुको टुंगो लागेको छैन । पार्टी स्थायी कमिटीले प्रमुख नेताहरुसँगको परामर्शमा अध्यक्षले मन्त्री छान्ने अधिकार दिएको छ । सोमबारसम्म सबै कुरा टुङिगएर मन्त्रिपरिषद विस्तार हुने एमाले नेताहरुले जनाएका छन् ।