१ कार्तिक २०८३, आइतबार

मासु पसलले दैनिकी फेरियो, २५ हजारको मासु बिक्री

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मीना बुढाथोकी

सल्यान, १३ फागुन । पारिवारिक आर्थिक अबस्था एकदमै कमजोर भएकी सल्यान जिल्लाको शारदा नगरपालिका – ६ कजेरी बाहुनचौर निवासी ३५ वर्षीया कमला नेपाली । जसलाई गरिवीका कारण आफ्नो पारिवारिक दैनिक गुजार गर्न निकै कठिनाई छ । बाल बालबालिकाको भविश्यका लागि उनी सधै चिन्तित रहने गर्थिन् ।

बालबालिकाको शैक्षिक सुधार कसरी गर्ने भन्ने कुरामा कुनै बिकल्प नराखेकी कमला आर्थिक अभावमा सधै झेली रहिन् । पुर्खौली पेशा अर्काको घरमा गएर काम गर्दा बदलामा ‘खलो’ केही अन्न पाइने छाडेर श्रीमानलाई विदेश पठाइन् ।

तर, विदेशमा श्रीमानको कमाई राम्रो भएन । बिदेश पठाउनका लागि चर्को व्याजमा लिएको पैसा साहुलाई तिर्न मात्र ठीक्क भयो । घरमा रहेका छोराछोरी र सासु–ससुरा सहित ७ जनाको परिवारलाई पाल्नगी सधै झनझन कठिन बन्दै गयो । साहुको ऋणले परिवार थिलो फिलो पर्न थाल्यो ।

परिवारको आर्थिक अबस्था खस्केपछि परिवार नै इन्डिया जानु पर्छ भन्ने सोँच पनि न आएको कहाँ होर ? उनले अहिले बताउँछिन् । तर, कोही नहुनेको भगवान हुन्छ भनेझै मेरो लागि पनि दलित सेवा संघ सल्यान भगवान सावित भयो, उनले भनिन् ।

उनले भनिन्, ‘दलित सेवा सघ सल्यानको आयोजनामा सञ्चालित विभेदी करणमा परेका समुदायको जिविकोपार्जन सुधार परियोजना अन्तर्गत गठित दलित एकता महिला समूहमा सदस्य भई नियमित बचत र लगानी गरेसँगै अहिले मेरो दैनिकीमा सुधार आएको छ ।’
‘जीविकोपार्जनको लागि दलित सेवा संघ सल्यानबाट केही सिप बिकास कार्यमा सहयोग हुने थाहा पाएपछि मैलेपनि त्यसमा सहभागी हुने मौका पाए’, उनले भनिन्, ‘त्यसपछि मासु पसल राख्ने सोचले त्यस सम्बन्धीत तालिम लिएँ ।’

दलित सेवा सघ बाट १३ हजार रकम र आफ्नो आठ हजार रकम गरी कुल २१ हजारबाट मासुपसल गरेकी कमलाको २० दिनमानै दैनिकी परिवर्तन भएको छ । उनले १५ दिनमा मात्र २५ हजार आम्दानी गरेपछि परिवारमा खुसी छाउनुका साथै दैनिकी पनि अहिले सहजबन्दै गएको बताइन् ।

शुरुको एकदुई दिन अलि निराशलाग्दो भयो पसलमा भनेको जति मासु विक्री गर्न सकिएन तर, अहिले भने काम गर्दै जाँदा आम्दानी बढ्दै गएको उनले बताइन् । मासु पसल संचालन गरेपछि अहिले सबै चिन्ता हराउँदै गई रहेको छ । उनले भनिन, ‘अब त श्रीमानले पैसा नपठाएपनि पिर लाग्दैन आफै कमाउनुको आनन्दनै छुट्टै हुँदो रहेछ ।’

पारिवारिक समाजिक परिवर्तन गर्नको लागि दलितका पेशा तथा व्यवसायलाई जीविकोपार्जनसँग जोडियर सञ्चालन गर्न सके मात्रे जीवनशैलीमा सकारात्मक सुधार ल्याउन सकिने उनले बताइन् ।