कञ्चनपुर, २५ मंसिर । कञ्चनपुरको झलारी–४ फुलेलीका स्थानीय बासिन्दाले सामुदायिक वन क्षेत्रमा अलपत्र अवस्थामा रहेकी आठ वर्षीया बालिकाको आज बिहान उद्धार गरेको छ ।
उर्मिला नाम बताउने बालिकालाई बैजनाथ सामुदायिक वनभित्र फेला पारेपछि स्थानीयले घरमा ल्याएका छन् ।
घर ठेगाना थाहा नभएकी बालिका वन क्षेत्रमा हिँडदै रुँदै गरेको अवस्थामा फेला पारेको स्थानीय वीरबहादुर चौधरीले बताउनुभयो ।
बालिका बाटो बिराएर वनमा पुगेको हुन सक्ने उहाँले बताउनुभयो ।
“बालिकालाई इलाका प्रहरी कार्यालय झलारी जिम्मा लगाउनका लागि खबर गरेका छौँ”–उहाँले भन्नुभयो ।















प्रतिक्रिया