सोलुखुम्बु, २४ मंसिर । सोलुखुम्बुको नेचा बेतघारीमा आफ्नै छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ ।
नेचा बेतघारी–८ निवासी ७१ वर्षीय बाबु चक्रबहादुर राईलाई उनकै माइलो छोरा ३८ वर्षीय टेकबहादुर राईले आग्लो प्रहार गरेपछि मृत्यु भएको हो ।
मङ्गलबार बिहान घरायसी विवाद भएपछि छोराको आग्लो प्रहारबाट गम्भीर घाइते बनेका चक्रबहादुरलाई उपचारका लागि मङ्गलबार दिउँसो हेलिकोप्टर चार्टर गरी काठमाडौँ लगिएको थियो । उनको उपचारको क्रममा काठमाडौंस्थित शिक्षण अस्पातालमा मङ्गलबार साँझ नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आग्लो प्रहार गर्ने छोरा टेकबहादुरलाई पक्राउ गरी प्रहरीले नियन्त्रणमा लिएको छ । रासस















प्रतिक्रिया