काठमाडौँ, २४ मंसिर । संयुक्त अधिराज्य बेलायतले नेपालको संविधान लेखनका विषयमा चासो व्यक्त गरेको छ ।
बेलायतका राजदूत एन्ड्र जेम्स स्पार्कस्ले आज संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग भेटवार्ता गरी संविधान लेखनका विषयमा चासो व्यक्त गरेका हुन् । सिंहदरबार भएको भेटवार्तामा संविधान निर्माण, दुई देशबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ ।
















प्रतिक्रिया