२ कार्तिक २०८३, सोमबार

कृष्ठरोगीको खोजी अभियान शुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १० फागुन । अन्जानका कारण ग्रामीण दूरदराजमा लुकेका कुष्ठरोगीको खोजी कार्य शुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाअन्तर्गत कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलो अभियान शुरु गरी कुष्ठरोगीको खोजी भइरहेको महिला स्वयंसेविका दावा वाङमो तामाङले बताइन् ।

शरीरको अंगमा फुस्रो दागबाट लक्षण शुरु हुने गाउँघरमा धामीझाँक्री लगाई झारफुक गर्ने प्रथा अझै कायम रहेकाले त्यस्ता बिरामीको पहिचान गरी समयमै स्वास्थ्य केन्द्र पु¥याउन खोजीमा नौजना महिला स्वास्थ्य स्वयंसेविका घरदैलो कार्यक्रममा सहभागी भएको बताइएको छ ।

हाकु क्षेत्रमा घर भई धुन्चेमा बसोबास गदैृ आएकी एक किशोरीलाई कुष्ठरोग भएको पुष्टि भएपछि अन्य मनिसलाई सर्नबाट जोगाउन र समाजमा सचेत गराउन स्वास्थ्य केन्द्रमापुर्याउने अभियानमा जुटेको घरदैलो अभियानका महिला स्वयंसेविकाले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाले भने हालसम्म औषधि सेवन गर्ने कुष्ठरोगीको संख्या एक मात्र भएको बताएको छ । यस्तै, गाउँघरमा धामीझाँकीको फुकफाकलाई बन्द गरी शरीरका कुनै पनि अंगमा असहज हुनासाथ नजिकको स्वास्थ्य चौकी वा जिल्ला अस्पतालमा जान सम्पूर्ण रसुवावासीलाई आग्रह गरिएको यहाँ कार्यरत चिकित्सकले बताएका छन् । –रासस