
काठमाडौँ, ९ फागुन । सिभिल बैंक लिमिटेडले सर्वोच्च ब्याजदर पाइने बचत खाता योजना ‘सगरमाथा बचत खाता’ ल्याएको छ । बैंकले यस बचत खातामा सर्वोच्च दश प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ ।
न्यूनतम मौज्दात एक हजार रुपैयाँ रहेको यस बचत खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस.बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको वार्षिक शुल्कमा ५०% छूटका साथै पाँच लाख रपैयाँ सम्मको दूर्घटना मृत्यु÷अपाङ्गताको निःशुल्क बीमाको ब्यवस्था गरिने कुरा बैंकले जनाएको छ
विद्यमान अवस्थामा सर्वोच्च ब्याज दरका साथै अन्य बैंकिङ सेवामानिःशुल्क/बिशेष छूट सहितको यस बचत खाताबाट ग्राहकहरु लाभान्वित हुने कुरा बैैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताए । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने बताएको छ ।















प्रतिक्रिया