१ कार्तिक २०८३, आइतबार

दोस्रो बेंसीशहर महोत्सव सकियो

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बेलिना थापा/लम्जुङ
९ दिनसम्म बेसीशहरको दनाइफाँटमा सञ्चालीत दोस्रो बेसीशहर महोत्सव २०७४ सम्पन्न भएको छ । ‘हाम्रो नगर राम्रो सहर, स्वच्छ सफा र सुरक्षित बेसीशहर’ भन्ने नाराका साथ माघ २९ देखि फागुन ८ गतेसम्म सञ्चालीत महोत्सवको डेढ लाख दर्शकले अवलोकन गरेका छन् ।

महोत्सवमा १० करोडको कारोबार भएको आयोजकले जनाएको छ । जिल्लाको आर्थिक र सामाजिक विकासमा टेवा पुराउने उद्देश्यले सञ्चालित महोत्सवको नेपाली सेनाका प्रधानसेनापती राजेन्द्र क्षेत्रीले समापन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गदै प्रधानसेनापती क्षेत्रीले जनताको सेवामा निरन्तर खटिरहने नेपाली सेनाले सधैँ नागरिकलाई सुरक्षा प्रत्याभुत दिलाउने बताए । उनले राष्ट्र र जनताको रक्षा गर्नु आफुहरुको दायित्व भएको स्पष्ट पारे । उनले लमजुङ जिल्लाको व्यापारीक, पर्यटन र औद्योगीक क्षेत्रको विकासमा यस महोत्सवले थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

महोत्सवले जिल्लाको सम्भावना पहिचानका लागि ढोका खुलेको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताए । उनले स्थानीय ब्यापार ब्यवसायलाई प्रबद्र्धन गर्न सुरक्षित तथा ब्यवस्थित बजार बिकास गरी जिल्लाको आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ बेसीशहर इकाइले महोत्सवको आयोजना गरीएको अध्यक्ष थापाले बताए ।

जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने लक्ष्य लिइएको महोत्सव आयोजक समितिका संयोजक एवं लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईका अध्यक्ष प्रदिप बस्नेतले बताए । महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि तथा जडीबुटी प्रर्दशनी, फोटो तथा बृत्तचित्र प्रर्दशनी, परम्परागत खाना महोत्सव राखिएको थियो ।

लमजुङको मस्र्याङ्दी नदिमा गरीएको ¥याफटिङ महोत्सवको मुख्य आर्कषणको रुपमा रहेको लमजुङ उद्योग वाणिज्य संघका महासचिव कृष्णजङ गुरुङले बताए । निकै संभावनाको रुपमा रहेको ¥याफटिङ व्यवसायलाई दिगो रुपमा व्यवस्थापन गर्ने लक्ष्य रहेकाले पनि महोत्सवमा यसको व्यवस्था गरिएको उनको भनाई छ । महोत्सवमा बिशेष रुपमा पर्यटकीय गाउँहरुको वुकलेट प्रदर्शनी, घरेलु तथा कृषि प्रदर्शनी, ग्रामिण पर्यटकीय गााउहरुको प्याकेज विक्रि, कृषि, हस्ताकला र घरेलु उत्पादनको प्रदर्शनी तथा प्रतियोगीता र फोटो तथा चित्रकला प्रदर्शनी लगायतका कार्यक्रमहरु संचालन गरीएको थियो ।

महोत्सवमा टिकट विक्रीबाट उठेको रकममध्ये दैवि प्रकोप उद्धार कोष, सर्वोद्धय जेष्ठ नागरिक आश्रम, मानव सेवा आश्रम र आर्दश महिला तथा वाल गृहमा आश्रित वालवालिकाका लागि प्रति टिकटबाट ५०÷५० पैसा छुटाएको छ भने बेसीशहरमा जडित सिसि टिभि क्यामेराका लागि मर्मत संभार कोषको लागि ५ लाख रुपैया छुट्टाइएको लमजुङ लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाइका कोषाध्यक्ष विपीन श्रेष्ठले बताए ।

समापन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव हरि बराल, एमाले उप सचिव शुभाष पौडेल, प्रमुख जिल्ला अधिकारी यूवराज मैनाली, माओवादीका हरिजंग तामाङ, दुधपोखरी गाउँपालिका अध्यक्ष छुपमायाँ गुरुङ लगाएतले बोल्दै समृद्ध लमजुङ निर्माणमा हातेमालो गर्ने धारणा व्यक्त गरेका थिए ।