लमजुङ, ८ फागुन । मिनाम लाङ्घाली क्लवले आयोजना गरेको खुला फुटवल प्रतियोगिताको उपाधि नरुवाल गाउँको लाहुरे टिमले जितेको छ ।
बेसीशहर नगरपालिका वडा नं. २ नरुवालमा मिनाम लाङ्घाली क्लवले महाशिवरात्री पर्वको अवसरमा प्रतियोगिताको आयोजना गरेको थियो ।
फाइनलमा राइजिङ रोज युवा क्लव बेसीशहरलाई शून्यका बिरुद्ध २ गोलको अन्तरले आयोजक नरुवाल गाउँका स्थानीय लाहुरे टिमले खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।
उपाधि जितेसँगै स्थानीय लाहुरे टिमलाई शिल्डसहित नगद ६० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उपबिजेता राइजिङ् रोज युवा क्लवलाई नगद ३० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
सेमीफाइनलमा पराजित प्रतियोगितामा शन्त्वना हुने टिम अन्नपुर्ण युवा क्लव भकुण्डे र आयोजक मिनाम लाङ्घाली क्लवलाई नगद ६÷६ हजार र मेडल प्रदान गरिएको छ ।
शान्त्वना हुने अन्नपुर्ण युवा क्लव स्थानीय लाहुरे टिमसँग २—१ गोल अन्तर र आयोजक मिनामा लाङ्घाली क्लव राइजिङ रोज युवा क्लवसँग २—१ गोल अन्तरले पराजित भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा अन्नपुर्ण युवा क्लवका सञ्जीव लामा र खेल अवधिभर १६ गोलसहित सर्वाधिक गोलकर्ताको रुपमा राइजिङ रोज युवा क्लवका राजीव श्रेष्ठ घोषित भएका छन् । सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई कप र मेडल प्रदान गरिएको थियो ।
विजयी टिम र खेलाडीहरुलाई बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिङ अर्यालले पुरस्कार वितरण गर्नुभएको थियो । पुरस्कार वितरण गर्दै नगरपालिका प्रमुख अर्यालले खेलकुदको विकासको लागि मुलुकको ध्यान पुग्न नसकेको बताउँदै स्थानीय स्तरबाट खेलकुदको विकासको लागि बजेट छुट्याइएको बताए ।
















प्रतिक्रिया