२ कार्तिक २०८३, सोमबार

नेपालबाट ४० जनाले विश्वकप फुटबल हेर्न पाउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ ।

कोकाकोला नेपालद्वारा मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्णा खर्चसहित विश्वकप हेर्न लैजाने आयोजकका देशीय निर्देशक अम्बुज सिंहले बताए ।

उनले फिफासँग विगत ४० वर्षदेखि सहकार्य गर्दै आएको बताउँदै उक्त अफरअन्तर्गत १२ हजार ६०० विजेताले फिफाको लोगो अंकित विशेष उपहारसमेत जित्न सक्ने बताए ।

कोक खाम रसिया जाम भन्ने क्याम्पेन फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म लागू हुनेछ । यस योजनामा कोकको पछाडि १० अंकको युनिक कोड राखिएको हुन्छ, जसलाई ३७७२२ मा एसएमएसमार्फत पठाएर आफ्नो विश्वकप हेर्ने सपना पूरा गर्न सकिनेछ ।

उक्त अफर कोक, फेन्टा, ओरेन्ज फेन्टा, लेमोन तथा स्प्राइटमा लागू हुनेछ । यसमा १८ वर्ष पूरा भएका नेपाली नागरिकले मात्र भाग लिन पाउने आयोजकको भनाइ छ ।–रासस