२८ आश्विन २०८३, बुधबार

अखिल क्रान्तिकारीमा कस्ले मार्ला बाजी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं २५ चैत । एकीकृत माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदैछ ।

अखिल क्रान्तिकारीमा चुनाव हुन लागेको यो पहिलो हो । काठमाडौंमा जारी १९ औं राष्ट्रिय सम्मेलनमा सहमतिको प्रयास असफल भएपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको हो ।

अध्यक्षमा रमेश मल्ल र जागृत रायमाझीबीच प्रतिस्पर्धा हुनेछ । अर्का अध्यक्ष दावेदार बिन्दमान बिष्टले मल्ललाई समर्थन गरेका छन् । मल्ललाई अध्यक्ष प्रचण्ड र रायमाझीलाई नेता बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठको समर्थन छ ।