१४ कार्तिक २०८३, शनिबार

एकीकरणका प्रारम्भिक आधारमा सहमति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सातबुँदे समझदारीका आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्ने सैद्दान्तिक–वैचारिक कार्यदल र संगठनात्मक एकीकरणका लागि संगठनात्मक कार्यदल बनाउने सहमति भएको छ ।

यो सहमतिका आधारमा संयोजन समितिको अर्को बैठकले कार्यदल गठन गर्ने माओवादी केन्द्रका नेता जनार्दन शर्माले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पार्टीको नाम – नेपाल कम्युनिस्ट पार्टी
निर्देशक सिद्धान्त – ‘माक्र्सवाद–लेनिनवाद’
बहुदलीय प्रतिस्पर्धा – नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी केन्द्र)को पनि शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यतामा समान धारणा रहेको तथ्यमा दुवै पार्टी स्पष्ट
जबज र माओवाद – नेकपा (एमाले)ले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र नेकपा (माओवादी केन्द्र)ले अवलम्बन गरिआएको ‘माओवाद र एक्काइसौँ शताब्दीमा जनवाद’सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिनेछ ।

विधान र प्रतिवेदन – उपरोक्त आधारमा टेकेर अन्तरिम
राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गरिनेछ ।
समाजवादको आधार – उपलब्धिहरूको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक आर्थिक रूपान्तरण मार्फत समाजवादका आधार निर्माण
एकता महाधिवेशन – आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्य रूपमा सम्पन्न गरिनेछ ।

राष्ट्रपति, सभामुख र मन्त्रिपरिषद् भागवण्डामा छलफल 

ओली र प्रचण्डबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष तथा मन्त्रालय भागवण्डामासमेत छलफल चले पनि संयोजन समितिको बैठकमा भने यसबारे ठोस छलफल भएन् ।

एक नेताका अनुसार एमालेका तर्फबाट राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष तथा माओवादीका तर्फबाट उपराष्ट्रपति, सभामुख र उपसभामुखमध्ये एक लिनेगरी छलफल चलेको छ ।

तर, यसलाई भागवण्डाभन्दा पनि आवश्यकताको सिद्दान्तअनुसार टुंग्याइने सम्भावना छ । उच्च स्रोतका अनुसार ओली र प्रचण्डले वतर्मान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनलाई नै दोहाेर्याउने प्रष्ट संकेत गरिसकेका छन् । तर, एकता संयोजन समितिमा सोमबार यो विषयले प्रवेश पाएन ।