१ कार्तिक २०८३, आइतबार

काभ्रेमा मात्रै तीन वर्षमा गरे २ सय ४९ ले आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aatmahatya-sucideरामसुन्दर आचार्य

काभ्रे, २३ मंसिर । मानवअधिकारको दृष्टिकोणले पनि आत्महत्या आफैँमा महापाप हो । आफ्नो हत्या आफैँले गर्न सक्ने आँट किन गर्छन् मान्छेहरुले ? समस्या समधानको अन्तिम विकल्प आत्महत्या नै हो त ?

जिल्ला प्रहरी कार्यालय काभ्रे र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काभ्रेकोे तथ्याङकले जिल्लामा पछिल्लो वर्ष आत्महत्या बढ्दै गएको देखाएको छ ।

केहि दिन अघि मात्र काभ्रेको सदमुकाम धुलिखेलस्थित शान्ति वनमा भक्तपुरका आशिष उप्रेतीले प्रेममा धोका खाएको भन्दै आफैँलाई आगो लगाएर आत्महत्या गरे ।

पछिल्लो तंथ्याङ्क अनुसार गत वर्षहरुको तुलनामा काभ्रेमा आत्महत्या गर्नेेको संख्यामा वृद्धि भएको देखिन्छ । काभ्रेमा हरेक वर्ष आत्महत्या दर वढ्दै गएको छ ।  जिल्लामा ९ वर्षका बालबालिकादेखि ७७ वर्षका वृद्धासम्मले आत्महत्या गरेको तथ्याङकमा उल्लेख छ  ।

सन् २०१२ मा आत्महत्या गर्नेको संख्या ७७ थियो । सन् २०१३ मा त्यो संख्या बढेर ९३ पुगेको तंथ्याङ्कले देखाएको छ । सन् २०१४ को  ९ महिनामा ७८ जनाले  आत्महत्या गरिसकेका छन् ।

सन् २०१२ मा विष सेवनबाट ३४ झुण्डिएर ४२ र हामफलेर ११ जनाले आत्महत्या गरेका थिए । त्यस्तै २०१३ मा विष सेवनबाट ३९ झुण्डिएर ५३ र हतियारको प्रयोग गरेर आत्महत्या गर्नेको संख्या दुई छ ।

सन् २०१४ को ९ महिनामा विष सेवनबाट ३३ झुण्डिर ,४२ हतियार प्रयोगबाट एक र हामफालेर दुई जनाले आत्महत्या गरेको एक तथ्याङ्कमा उल्लेखे छ ।
तथ्याङक अनुसार तीन वर्षमा २ सय ४९ ले आत्महत्या गरेका छन् ।  इन्सेकका प्रतिनिधि भोजराज तिमल्सिनाका अनुसार जिल्लाका राजमार्गमा छोएका गाविसहरुमा आत्महत्या गर्नेको संख्या बढी छ । ‘परिवारको क्षमता भन्दा बढि माग राख्ने, घरमा श्रीमान् वा अभिभावकलाई घुर्की देखाउँदै आत्महत्या गर्नेको संख्या बढी छ,’ तिमल्सिनाले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि आत्महत्या हुनुमा महिला हिंसालाई प्रमुख ठानेको छ । ‘जसको घरमा शान्ति हुदैन्, जसको अरुलाई देखाउँने फेसन बढि छ , उनीहरुले आत्महत्यालाई रोज्ने गरेका छन्,’ ‘जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएपी जनकराज भट्टराईले भन्नुभयो, काभ्रेमा वैदेशिक राजगारीका लागि विदेशमा गएकाको परिवारमा आत्महत्याको समस्या बढी देखिएको छ ।’

धुलिखेल अस्पतालका मनोविज्ञ डाक्टर अजय रिसाल आत्महत्या हुनेमा जैविक मनोवैज्ञानिक र सामाजिक परिवेश कारक तत्व भएको बताउनुहुन्छ ।