२ कार्तिक २०८३, सोमबार

पार्टी एकता संयोजन समितिको बैठक ७ बजे, यस्तो छ तयारी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ७ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सोमबार साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

दिउँसो प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको ‘वान टु वान’ वार्तामा साँझ एकता समितिको बैठक बोलाउने सहमती भएको हो ।

अ‍ोली–दाहालबीच दिनहुँजसो ‘वान टु वान’ वार्ता भइरहेका छन् । संयोजन समितिको आजको बैठक निर्णायक हुने दुवै पार्टीका नेताहरुले बताएका छन् ।

एकताबारे निर्णय गर्न आइतबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच ५ घण्टा लामो बार्ता भएको थियो ।

दुई पार्टीबीच एकता घोषणा गर्नेगरि सोमबार लिखित प्रतिबद्धता आउने संभावना रहेको एक नेताले जनाएका छन् । दुई शीर्ष नेताबीच एकीकृत पार्टीको नीति जबज र २१ औं शताब्दीको जनवादलाई आगामी महाधिवेशनसम्म लैजानेगरि सहमति भएको छ ।

महाधिवेशनले जे निर्णय गर्छ त्यसलाई मान्न दुवै नेता सहमत भएका छन् ।