२ कार्तिक २०८३, सोमबार

ला लिगामा रियल म्याड्रिडले बेटिसविरुद्ध ५–३ को जित निकाल्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौँ, ७ फागुन । ला लिगाअन्तर्गत आइतबार राति भएको रियल बेटिसविरुद्धको खेलमा रियल म्याड्रिडले ५–३ गोल अन्तरको जित निकालेको छ । जसमा रियल म्याड्रिडका मार्को एसेन्सीयोले २ गोल गरे ।

पहिलो हाफमा २–१ ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा उत्कृष्ट खेल खेल्दै जित निकालेको हो । पहिलो हाफको ११ औँ मिनेटमा मार्कोले गोल गर्दै रियल म्याड्रिडलाई सुरुवाति अग्रता दिएको थिए । तर ३३ औँ मिनेटमा बेटिसका मण्डीले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । ३७ औँ मिनेटमा रियल म्याड्रिडबाट आत्मघाति गोल भएपछि बेटिसले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो ।

दोस्रो हाफको ५० औँ मिनेटमा सर्जियो रामोसले, ५९ औँ मिनेटमा मार्कोले र ६५ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डाले लगातार गोल गरे । ८५ औँ मिनेटमा बेटिसका सर्जियो लियोनले एक गोल फर्काए पनि जितको लागि पर्याप्त भने भएन । करिम बेन्जेमाले अतिरिक्त समयमा गोल गरेसँग रियल म्याड्रिडले खेल ५–३ गोल अन्तरले आफ्नो पक्षमा पार्न सफल भयो ।