धुन्चे, २३ मंसिर । विभिन्न मुद्दामा कारागारभित्र बन्दी जीवन बिताइरहेका नागरिकलाई राज्यले प्रदान गरेको सिदाखान्की पुनरवलोकन गर्न यहाँका बन्दीले माग गरेका छन् ।
पुनरावेदन अदालत पाटनद्वारा कारागार निरीक्षणका क्रममा न्यायालयबाट जेल सजाय तोकिएका नागरिकलाई राज्यले प्रदान गर्र्दै आएको दैनिक सात सय ग्राम चामल र रु ४५ ले बिहान बेलुका छाक टार्न मुस्किल परेको भन्दै बढ्दो महँगीलाई ध्यानमा राखी थप गर्न यहाँका बन्दीले आग्रह गरेका हुन् ।
बन्दीगृहको क्षमता २५ जनाको भए पनि हाल तीन विदेशीसहित ८८ जना रहेको कारागार शाखा रसुवाले जनाएको छ । कारागारको बन्दीगृहमा रहेकामध्ये १७ जना जिल्लावासी र अन्य विभिन्न जिल्लाबाट सरुवा भई आएका छन् ।















प्रतिक्रिया