२ कार्तिक २०८३, सोमबार

एक साताभित्र पार्टी एकीकरण: नेता नेपाल

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ६ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एक साताभित्रमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीच पार्टी एकीकरण हुने बताएका छन् ।

रौतहटको गौरमा आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले तराईको विकासको लागि पहिलो प्राथमिकतामा रहेको हुलाकी राजमार्ग, काठमाडौँ तराई जोड्ने फाष्टट्रयाक, अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बृद्धको जन्मभूमि लुम्बिनीमा विमानस्थलको निर्माण कार्य तीव्र गतिमा निर्माण गरिने बताए ।

उनले प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यलाई अबिर, फुलमालासहित सम्मान गरेका थिए । विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका व्यक्तिलाई नेता नेपालले अबिर लगाएर पार्टी प्रवेश गराएका थिए । -रासस