२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली बालुवाटार सरे

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित सरकारी निवास सरेका छन् । आइतबार साँझ ६ बजे ओली सरकारी निवास बालुवाटार प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न एमाले महासचिव इश्वर पोखरेलसहित ठूलो संख्यामा एमाले कार्यकर्ता बालुवाटारमा उपस्थित भएका थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट शुक्रबार बाहिरिएपछि प्रधानमन्त्री ओली बालुवाटार सर्ने तयारी गरेका थिए । ओलीले प्रधानमन्त्रीको रुपमा बिहीबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए ।

ओली यसअघि २०७२ सालमा पनि प्रधानमन्त्री भएका थिए । १ वर्ष ६ महिना २५ दिनपछि ओली दोस्रो पटक प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गरेका हुन् ।