
काठमाडौँ, ६ फागुन । आइतबार दिउँसो ३ बजे बोलाइएको मन्त्रीपरिषद् बैठक अझै बस्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताले बैठक बस्न ढिलाई भएको हो । बैठकका लागि मन्त्रीहरु लालबाबु पण्डित र थममाया थापा मगर प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालय पुगिसकेका छन् ।
प्रधानमन्त्री ओलीको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको वान टु वान वार्ता लम्बिएपछि बैठक ढिला भएको हो । एमाले अध्यक्ष समेत रहेका ओली र प्रचण्डबीच आइतबार करिब पाँच घण्टा वार्ता भएको थियो ।
‘दिउँसो ३ बजे बैठक बस्ने भनेको हो , प्रधानमन्त्री ज्यू छलफलमा व्यस्त हुनुभयो’ जनसंख्या तथा वातावरणमन्त्री पण्डितले भने, ‘हामी यतै (सिंहदरबार) छौँ, उहाँ (ओली) केहीबेरमा आइपुग्नुहुन्छ । अनि बैठक बस्छ ।’
मन्त्रिपरिषद्को बैठकपछि ओली आइतबार नै सरकारी निवास बालुवाटार सर्ने कार्यक्रम छ । बालुवाटारमा दिउँसैदेखि शुभेच्छुक तथा एमाले कार्यकर्ताहरुको भीड लागेको छ । बैठकले प्रधानमन्त्रीका केही सहयोगी तथा सल्लाहकार नियुक्त गर्ने सम्भावना छ ।















प्रतिक्रिया