
काठमाडौँ, ६ फागुन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ‘वान टु वान’ वार्ता भइरहेको छ ।
पार्टी एकता र मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन दुई नेता निर्णायक छलफलमा जुटेका हुन् । भक्तपुरको पुरानो ठिमीस्थित माअोावदीनिकट एक जना व्यसवायीको घरमा वार्ता चलिरहेको प्रधानमन्त्री ओलीनिकट स्रोतले जनाएको छ ।
यसअघिका एकता वार्ता माओवादी निकट निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको मानभवनस्थित निवासमा हुने गरेका थिए । दुई नेतावीच शनिबार ओली निवास बालकोटमै वार्ता भएको थियो । शीर्ष तहको वार्तापछि आइतबार नै पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ ।















प्रतिक्रिया