काठमाडौँ, ६ फागुन । मृगौलामा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गराइएका नेपाली काँग्रेका नेता खुमबहादुर खड्कालाई थप उपचारको लागि आइतबार दिल्ली लगिएको छ ।
नर्भिकका चिकित्सकहरूले नेता खड्काको स्वास्थ्यमा सुधार आएको बताए पनि उनलाई फलोअप उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल लगिएको हो । पूर्व गृहमन्त्री समेत रहेका खड्कालाई आइतबार बिहान ११ः४० बजे नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली लगिएको बताइएको छ ।
चार वर्षअघि नेता खड्काको दिल्लीबाटै मृगौला प्रत्यारोपन गरिएको थियो । खड्काको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला अस्पताल पुगेका थिए ।















प्रतिक्रिया